काठमाडौं । रोल्पाको एक स्कुलमा शिक्षिकाको कुटाइबाट ५ छात्राको हात भाँच्चिएको छ भने १४ जना घाइते भएका छन् । विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पक्राउ परेकी छिन् ।
रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले प्रार्थना समयमा नआएको भन्दै विद्यार्थीहरुलाई जेठ १२ गते कुटपिट गरेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक झगबहादुर भण्डारी पुनलाई निमित्त प्रअको जिम्मेवारी दिएर गाउँपालिकाले गरेको एसआईटी ट्रेनिङमा गएका बेला लक्ष्मीले विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । उनले प्रार्थना समयमा नआइपुगेको भन्दै १४ जनालाई कुर्सीको खुट्टाले कुटपिट गरेकी थिइन् ।
विद्यालय आउँन ५ मिनेट ढिला हुँदा लाइन लगाएर कुटपिट गरेको विद्यार्थीले बताएका छन् । पहिलेदेखि नै कुटपिट गर्नुहुन्थ्यो हामीले केही भन्दैन्थौँ पछि शरीरमा चोट लाग्ने गरी कुटेपछि घर भनेका हौँ । विद्यार्थीले भने ।
उनीहरूले बताएकाे भिडियाेमा हेर्नुहाेस्
https://www.facebook.com/khadkabimal12/videos/453895488746407/



















































































































































































































