१७ बैशाख २०८१, सोमबार

 

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध भारतको मध्यम शुरुवात

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बुधबारको पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ ।

मध्यम लक्ष्य पछ्याईरहेको भारतले मध्यम शुरुवात गरेको छ। ओपनर शिखर धवन १२ बलमा ८ रन बनाएर आउट भएका छ्न् । धवन रबाडाको बलिङ्मा डि कक्द्वारा क्याच आउट भए। त्यस्तै भारतका कप्तान विराट कोहली पनि सस्तोमा आउट् भएका छन्। साउथ अफ्रीकाकालागि यो ठुलो विकेट बलर फेलुक्वायोले लिए। कोहलीलाई आउट गर्न विकेट कीपर डी कक्ले डाईभ गर्दै उत्कृष्ट क्याच लिएका थिए।

अहिले क्रीजमा रोहित शर्मा र के एल राहुलले ब्याटिङ्ग् गरिरहेका छन्। छब्बिस ओभर को खेल सकिँदा भारतले २ विकेट गुमाउँदै १०२ रन बनाएको छ। रोहितले अर्धशतक पुरा गरिसकेका छन् भने के एल् राहुल १९ रन बनाएर खेलिरहेका छन्।

साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्