१४ कार्तिक २०८३, शुक्रबार

 

एउटै घर दुई जिल्लामा

धनकुटा । पूर्वी भेगमा अवस्थित ६ नम्बरको बुधबारेका फिपराज थेगिम छोरा तुलसीसँगै एउटै घरमा बस्छन् । उनीहरुको भान्सा पनि एउटै हो तर मतदाता मावलीले भने बाबुछोरालाई फरक जिल्लाका बनाएको छ।

मतदाता नामावलीअनुसार बुबा फिपराज धनकुटाका छन् भने, छोरा पाँचथरको मतदाता। परिचयपत्रमा मात्र होइन उनीहरुको घरको लालपुर्जा पनि दुई जिल्लामा बाँढिएको छ।

थेगिम परिवार मात्रै होइन, धनकुटा र पाँचथरको सीमा क्षेत्रको ६ नं बुधबारेका अधिकांश स्थानीयको समस्या यस्तै छ।

स्थानीय अस्मिता राईले एक करोडभन्दा बढी रकम खर्च गरेर सो बजारमा पक्की घर बनाइन्। चार आना जमिनमा बनेको घरको ३ आना पाँचथर र धनकुटामा पर्छ ।

घर नक्सा पास गर्न आफूले दुवै जिल्ला धाएको उनले बताइन् । ‘तपाईंको घर कुन जिल्लामा पर्छ ?’ भनेर कसैले प्रश्न गर्यो भने २५ घरका स्थानीय प्रस्ट जवाफ दिन सक्दैनन्।

एउटा बजार दुई जिल्लामा परेका थुप्रै ठाउँ छन् तर एउटै छाना एउटै दिवाल भएका २५ घरको कागजात दुई जिल्लामा परेको उदाहरण भने अन्यत्र बिरलै होला। पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बा र धनकुटाको चौबीस गाउँपालिका–१ को ६ नम्बर बुधबारे बजारको यो समस्या चार दशक पुरानो हो। ‘मेरो घर ३ आना जमिनमा छ, साढे एक आना पाँचथरमा पर्छ, साढे एक आना धनकुटामा पर्छ। एउटै घर एउटै छानो तर घरको स्रेस्ता भने दुई जिल्लामा छ, म कुन जिल्लाको भनेर चिनाऊँ।’ –स्थानीय व्यवसायी नेलकल माखिमले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung