सप्तरी । जनप्रतिनिधिहरुले सूचना दिन अनाकानी गरिरहेको चौतर्फी चर्चा भइरहेको बेला सप्तरीका सिडिओले कार्यक्रमबाटै सञ्चारकर्मीहरुलाई निकालेका छन् ।
शनिबार राजविराजस्थित सिडिओ सुरेन्द्र पौडेल निवासमा आयोजित कार्यालय प्रमुखसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको अन्तरक्रिया कार्यक्रमबाट सञ्चारकर्मीहरु निकालिएका हुन् ।
नितिगत समस्याले कार्यालय सञ्चालन गर्न चुनौतीपूर्ण भईरहेको प्रमुखहरुले कुरा राख्नै लाग्दा सिडिओले सञ्चारकर्मीहरुलाई कार्यालयबाट बाहिर जान भनेका हुन् । मन्त्री यादवको समेत उपस्थिति रहेको कार्यक्रममा सञ्चारकर्मीलाई सूचनाको हक तथा नागरिकलाई मौलिक हकबाट वञ्चित गराएपछि मन्त्रीको अर्को कार्यक्रम पनि बहिष्कार गरिएको छ ।
शनिबारनै मन्त्री यादवको इद पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम रहेको छ । सञ्चारकर्मीलाई सार्वजनिक महत्वका विषयमा भइरहेको अन्तरक्रियाबाट निकाल्नु मुलुककै लागि दुर्भाग्य रहेको नेपाल पत्रकार महासंघ शाखा सप्तरीले विज्ञप्ति मार्फत भनेकाे छ ।



















































































































































































































