काठमाडौं । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव भेटिएको छ । काठमाडौं कोटेश्वरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि वेपत्ता भएका थिए ।
शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो ।
खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकैको जंगलमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएको बताइएको छ ।
घटनाको थप अनुसन्धान शुरु गरिएको प्रवक्ता बोगटीले जानकारी दिए ।













































































































































































































