१४ कार्तिक २०८३, शुक्रबार

 

पुल चिरा परेपछि ठूला सवारीसाधन बन्द – कास्की प्रहरी प्रमुख कार्की

पोखरा । पृथ्वी राजमार्गबाट पोखरा जाने विजयपुरको पक्की पुल गत ३ महिना पहिलेदेखि नै चिरा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताए ।

ठूलो गाडी छिराउँदा चिरा (क्रयक) भएको थियो कार्कीले भने, अहिले ठूला सवारी साधन चल्नदिएको छैनौँ साना गाडी पालै–पालो छिराएका छौँ ।

‘उक्त पुलमा ठूला सवारी साधानलाई आवतजावतमा रोक लगाएका छौँ कार्कीले भने, साना गाडी पालै पालो जाने व्यवस्था मिलाएका छौँ । ’
ठूला सवारी साधनका लागि डाइर्भसनको व्यवस्था गरिएको समेत उनले नयाँ विश्वलाई जानकारी गराए । पुल भाँचिएकाे खबर अाएपछि पुल भएकाे स्थानमा पुग्याै, तर ३ महिना पहिले नै भाँचिएकाे थियाे ।

३ महिना पहिले पुल भाँचिएकाे भएपनि तत्काल नभाँचिएकाे  कास्की प्रहरी प्रमुख कार्कीले पुष्टी गरे ।

 

सच्याइएको
नयाँविश्व डकटममा आइतबार प्रकाशित ‘पोखरा जाने पुल भाँचियो’ शीर्षक समाचारमा पृथ्वी राजमार्गको पोखरा जोड्ने पुल जीर्ण हुँदा तीन महिनादेखि साना सवारी मात्र चल्न दिई ठूला सवारी ‘डाइभर्सन’ गरिएको हुनुपर्नेमा असावधानीवश अन्यथा पर्न गएकाले सच्याइएको छ । यसबाट पाठकवर्ग र सरोकारवाला पक्षलाई पर्न गएको अन्योलप्रति क्षमाप्रार्थी छौं । –सम्पादक

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung