पोखरा । लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । बुधबार दिउँसो विशेष सूचनाको आधारमा प्रहरीले लागूऔषध कारोबारी गोविन्द थापामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएकाे छ ।
पोखराको उत्तमचोकबाट थापालाई नियन्त्रणमा लिनेक्रममा प्रहरीमाथि जाइलागेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
घाइते थापाको खुट्टामा गोली लागेको छ । उनि यस अघि बिदेशमा पनि लागूऔषध कारोबारमा जेल परिसकेको प्रहरी स्रोतको भनाई छ ।
घाइते थापाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।













































































































































































































