१४ कार्तिक २०८३, शुक्रबार

 

पहिरोले डोजर पुर्दा दुईको मृत्यु, शव निकाल्न कठिन 

मकवानपुरको राक्सिराङ गाउँपालिका –८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको ज्यान गएको हो।

राक्सिराङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिंगलाल चेपाङका अनुसार डोजर अपरेटरको सकुशल उद्धार गरिएको छ ।
पहिरोले पुरिएका श्रेष्ठ र बुढाथोकीको शव निकाल्न सकिएको छैन । इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल गएको छ।

घटनास्थल पुग्न प्रहरीलाई ३ घण्टा लाग्ने बताइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको लगानीमा थाहाढुंगामा ग्रामीण सडक निर्माणको काम भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung