१७ बैशाख २०८१, सोमबार

 

प्रिमियर लिग २०१९/२० को खेलतालिका सार्वजनिक

- पहिलो साता नै म्यानचेस्टर युनाइटेड र चेल्सी भिड्दै

इङ्लिस प्रिमियर लिग २०१९/२० सिजनको खेलतालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार नयाँ सिजनको वार्षिक खेलतालिका सार्वजनिक गरेको हो ।

नयाँ सिजनको उद्घाटन खेलमा गत सिजनको उपविजेता तथा च्याम्पियन्स लिग विजेता लिभरपुलले नर्विचको सामना गर्नेछ । साबिक विजेता म्यानचेस्टर सिटीले पहिलो खेल वेस्टह्याम युनाइटेडविरुद्ध खेल्ने भएको छ । त्यस्तै प्रिमियर लिगका दुई ठूला क्लब म्यानचेस्टर युनाइटेड र चेल्सी पहिलो साता नै भिड्ने भएका छन्।

त्यसैगरी पहिलो साता आर्सनलले न्युकासल युनाइटेडसँग खेल्नेछ । यसै सिजन बढुवा भएको एस्टन भिल्लाले च्याम्पियन्स लिगको उपविजेता टोटेनह्याम हट्स्परको सामना गर्दै छ।

यही अगस्ट ९ तारिखदेखि सुरु हुने लिग अर्को वर्ष मे १७ सम्म चल्ने छ।

 

प्रतिक्रिया दिनुहोस्