१४ कार्तिक २०८३, शुक्रबार

 

दुर्घटनामा वडा सचिवसहित २ को मृत्यु

सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे७प १८३४ नम्बरको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले उनी गम्भीर घाइते भएका थिए ।

प्रदेश अस्पताल कालागाउँ पुयाएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो । प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ । त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे१त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung