१३ कार्तिक २०८३, बिहीबार

 

गुठी विधेयककाे भविष्य अन्योल

गुठी विधेयकविरुद्ध सरकार पक्षिय सासंदहरु पनि पक्ष र विपक्षमा उत्रिएपछि विधेयकको भबिष्य अन्योलमा परेको छ । सरकारले सम्बन्धित निकायसँगको छलफल विना नै विधेयक ल्याएकोले यसको भविष्य अन्यौलमा परेको हाे ।

राजधानीको संस्कृति र परम्परालाई भत्काउने आशयले गुठी विधेयक ल्याइएको आरोप राजधानीका बासिन्दाहरुले लगाएका छन् । पृथ्वी नारायण शाहले उपत्यकामा विजय गरेपछि यहाँका संस्कृति, परम्परा र मान्यतालाई निरन्तरता दिएको राजधानीका नेवार समुदायको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरागर्ने क्रममा धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर विधेयकमा परेको रहेछ भने सरकारले सच्याउँन तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने ‘गुठी सम्बन्धी विधेयकमा भूलवश केही प्रावधान गलत भए हटाउन तयार सरकार तयार छ । २०७६ असार १ गते आइतबार बिहान ८ दिने युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग भने ‘गुठी विधेयकमा कमजोरी भएको भए सरकार सच्चाउँन तयार छ ।’

प्रम ओलीले गुठी जग्गाको नाममा धेरै ठाउँमा शोषण भएको कुरालाई गुठी विधेयकमा सम्बोधन गर्न खोजिएको बताउँदै उक्त विधेयक विरुद्ध आन्दोलन नै गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । यता संसद्मा नेपाली कांग्रेसका गगन थापाले गुठी विधेयक सरकारले सरोकारवालासँग छलफल नै नगरी ल्याएर खेलवाड गरेको आरोप लगाए ।

सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले गुठी विधेयकका पक्षमा बोल्नेलाई सामन्तको आरोप लगाएपछि नेकपा कै सासंद रामबीर मान्नधरले मन्त्री बाँस्कोटाका राजीनामा नै माग गरे । एकपछि अर्का भनाइले सरकारले ल्याउन लागेको गुठी विधेयक पेचिलो बन्न पुगेको छ । नेकपाका नेता योगेश भट्टराइले विवाद बढ्दै जादा विधेयक फिर्ता गर्नु उचित हुने अभिव्यक्ति दिएका छन् ।

सरकारको आलोचना भईरहदा सरकार विधेयकका पक्षमा उभिएपनि नेकपा कै कार्यकर्ता र केही नेताले विपक्षमा अभिव्यक्ति दिएका छन् । त्यसले गर्दा सरकार विधेयकका बारेमा विवादमा फस्न पुगेको बताए ।

विधेयकका विपक्षमा रहेका काठमाडौंका स्थानीय बासिन्दा दिनँहु विरोधमा नारा जुलुसमा उत्रिएका छन् । उनीहरुले विधेयकलाई सांस्कृतिक धरोहर प्रतिको आक्रमण भनेर बुझेका छन् । काठमाडौंका स्थानीय बासिन्दा रघु शमसेर राणाले सरकारले गुठीको जस्तो महत्वपूर्ण विधेयकमा सरकोकारवालाहरुसँग छलफल नगरी ल्याएर गल्ती गरेको बताए । राजधानीको सडक आन्दोलनलाई संस्कृति संरक्षण प्रतिको जनचासो भएको बताए । उनले भने ‘राणाहरुले पनि आफ्नो नबनाएको गुठीका जग्गालाई नेकपा सरकारले आफ्नो बनाउन लाग्यो ।’
राजधानी काठमाडौंको जात्रा संस्कृति यहाँको परिचय भएको बताउँदै आधुनिकताका नाममा धर्म संस्कृति माथि नै सरकार आक्रमणमा उत्रिएको बताए ।

राजधानी काठमाडौंमा दिनहुँजसो विधेयकका विरुद्धमा नारा जुलुस भ ईरहेका छन् । राके जुलुससहित स्थानिय वासिन्दा सडकमा उत्रिएको अवस्था छ । आइतबार राजधानीको बसन्तपुरमा हजारौं राजधानीबासी सहभागी भएका छन् । उनीहरुले गुठी विधेयक फिर्ता गर, भुमाफिया होशियार लगायतका नारा लगाएका थिए ।

तत्कालीन राष्ट्रिय सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले गुठी संस्थान तेस्रो संशोधन २०५८ मा विधेयक दर्ता गराएको विगत छ । विधेयकमाथि राष्ट्रिय सभामा केही दिन छलफल पनि भएको थियो । कारणवश पारित हुन सकेन् । १८ वर्षअघि राष्ट्रियसभाबाट पारित हुन नसकेको त्यही विधेयकका अधिकांश बुँदा साभार गरेर सरकारले फेरि गुठीसम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ। तर यतिवबेला विधेयकको विरोधमा कांग्रेसले विरोध गरिरहेको छ ।

संस्कृतिविद् सत्यमोहन जोशी

जोशीले सरकारले ल्याएको गुठी विधेयकका बारेमा असन्तोष प्रकट गर्दैं अभिव्यक्ति सार्वजनिक गरेका छन् । ‘हाम्रा प्रधानमन्त्रीको नारा समृद्ध नेपाल सुखी नेपाली छ। समृद्ध भनेको के हो? भौतिक विकासका कुरालाई मात्र समृद्धि भनेको हो कि क्या होर नत्र समृद्धि खोजिनुपर्ने त संस्कृतिमा हो।

गुठीमा प्रहार गरेर न मुलुक समृद्ध बन्छ, न नेपाली सुखी हुन्छन्। भइराखेको कुरा बिगारेर संसारमा को समृद्ध भएका छन्?
अझ कतिसम्म भने सडकमा विरोध गर्नेहरूलाई पुलिस लगाएर, पानीको फोहरै चलाएर दमन गरिएको छ। त्यसरी तर्साउनुपर्ने गरी के बिगार गरे यिनीहरूले? यिनका पुर्खाले गुठीमा आबद्ध भएर निर्माण गरेको ठाउँ हो यो । यो ललितपुर दरबार स्क्वायरका ठूल्ठूला ढुंगा मानिसले नै बोकेर ल्याएका हुन् । कृष्ण मन्दिर अगाडिको त्यत्रो गरुडको खम्बा ल्याउन त्यति बेला क्रेन थिएन। सरकारले गरेको पनि होइन।

त्यो छेभडेल अड्डाले भनेको भरमा कताको कुन खानीबाट जनताले श्रमदान गरेर तानेर ल्याएको हो। गुठीकै तरिकाले यी सारा संरचना निर्माण भएका हुन्।

अहिले उसैको सन्तानलाई गुठीको पक्षमा बोल्यो भनेर बुटले हिर्काउन मिल्छ? पानीको फोहराले हिर्काउन मिल्छ?
पहिले पनि रणबहादुर शाहको पालामा गुठीमाथि यस्तै जथाभावी भएको थियो। त्यो बेला गुठी हरण भन्ने शब्दै थियो। त्यही दोहोर्‍याउने काम अहिले भयो।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung