१३ कार्तिक २०८३, बिहीबार

 

कर्णालीमा जिप खस्यो, उद्धारका लागि हेलिकोप्टर परिचालन

फाइल तस्बिर

हुम्लामा बोलेरो जिप कर्णाली नदीमा खसेको छ ।

लु १ क ७१६६ नम्बरको जिप कर्णाली नदीमा खस्दा जिपमा सवार सबै यात्रु नदीमा खसेका अनुमान गरिएकाे छ । हुम्लाको सिमिकोटबाट खार्पूनाथ जाँदै गरेको बोलेरो जीप खार्पूनाथ–६ बाट कर्णाली नदीमा खसेको हो ।

कर्णालीमा खसेको जिपको कुनैपनि भाग नदेखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिप खसेको स्थान गहिरो रहेको जिपको कुनैपनि भाग नदेखिएको जिल्ला प्रसाशन कार्यालय जुम्लाका प्रमुख धोलकराज ढकालले नयाँ विश्वालाई जानकारी दिए ।

जिप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा १२ जनाको सिट भएपनि कतिजना सवार थिए भन्ने नखुलेको ढकालले जानकारी दिए ।

अहिले उद्धारका लागि दुईओटा हेलिकोप्टर त्यसतर्फ गइसकेको छ । यस्तै स्थानीय र प्रहरी पनि घटनास्थल पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung