१४ कार्तिक २०८३, शुक्रबार

 

प्रहरीको लाठ्ठी चार्जबाट विद्यार्थी बेहोस

लोकसेवाको आवेदन फारम भर्न नपाएकै भन्दै लोकसेवाको कार्यालय आगडि प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रहरीले लाठी चार्ज गरेको छ । मंगलबार दिउँसो लोकसेवाको आयोगको कार्यालय अगाडि फारम भर्न नपाएको भन्दै आन्दोलन गरिरेहका बेला प्रहरीले दमन गरेको हो ।

प्रहरीको कुटाईबाट एक विद्यार्थी बेहोस भएकी छन् भने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुलाई आधा घण्टापछि प्रहरीले विना सर्त रिहा गरेको छ । महिला विद्यार्थीमाथि पुरुष प्रहरीले नै हातपात गरेको भन्दै विद्यार्थीहरूले प्रहरीविरुद्ध नारबाजी गरेका थिए ।

आफ्नो क्षमताले देखाएर जागिर खान आउँदा प्रहरीको लाठी खान परेको समेत विद्यार्थीहरुले गुनासो गरेका छन् । हिजो सोमबार पनि लोकसेवा आयगले सर्भरले काम नगरेको भन्दै आवेदन फारम भर्न आएका विद्यार्थीहरुलाई आश्वासन दिएर फर्काएको विद्यार्थीको गुनासो छ ।

यसैबीच लोकसेवा आयोगले आवेदन फारम भर्ने मिति एक हप्ताको लागि थप गरेको छ । सर्भरमा समस्या देखिएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए। डवल दस्तुर तिरेर भने असार १७ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung