१४ कार्तिक २०८३, शुक्रबार

 

नेताको शव २६ दिनपछि भेटियो

डोटी । गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा संघका नेता पुष्कर सिंहको शव २६ दिनपछि शुक्रबार बिहान फेला परेको छ ।

आदर्श गाउँपालिका–५ निवासी नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । ४५ वर्षीय सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपाकका नेता तथा कार्यकर्ता र स्थानीयवासी उनको खोजीमा लागे पनि फेला पर्न सकेका थिएन् ।

शुक्रबार बिहान शिखर नगरपालिकामा–१ कालागाढ नजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता लालबहादुर धामीले जानकारी दिए ।

त्यस्तै नेता सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी शिखर नगरपालिका–४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिलेसम्म शव फेला परेको छैन । उनको शव खोजीका लागि स्थानीय प्रहरी प्रशासन अहिलेसम्म लागि परेपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung