१८ बैशाख २०८१, मंगलवार

 

विपन्न विद्यार्थीलाई स्कुल पोसाक वितरण

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा ५ स्थित अमर माध्यामिक विद्यालयका १६ जना विपन्न विद्यार्थीलाई स्कुल पोसाक वितरण गरिएको छ। घरको कमजोर आर्थिक अवस्थाका कारण स्कुल पोसाकविहिन रहेका विद्यार्थीहरुलाई उक्त विद्यालयका एक पुर्व विद्यार्थीले सहयोग गरेका हुन्।

वैदेशिक रोजगारका क्रममा जापान रहेका हिमलाल कँडेल ‘नारायण’ले पोशाक वितरणका लागि पचास हजार बयासी रुपैँया सहयोग गरेको कँडेलले बताए। कँडेलले आफुले पनि विद्यार्थी जिवन अनेक दु:ख, कष्टबाट गुज्रीनुपरेको स्मरण गरे। उनले आफु पढेको विद्यालयमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए।

कँडेलले उक्त विद्यालयबाट विसं २०६० सालमा एस् एल् सी र विसं २०६३ मा कक्षा १२ उतीर्ण गरेका थिए।

सहयोगवापतको रकमबाट विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका १६ जना विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको हो।
उक्त कार्यक्रममा कँडेलका काका दधिराम कँडेल, प्रअ भिष्म कँडेंल विद्यालय व्यवस्थापन सदस्य नन्दलाल विक पुर्व सदस्य हिरालाल सापकोटा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्