सुर्यविनायक नगरपालिकाले भोलि र पर्सी २ दिनका लागि सार्वजनिक बिदा दिएको छ । नगरपालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा सुर्यविनायक नगरपालिकाको पाँचौ नगरसभा २०७६ साल असार ९ गतेदेखि शुभारम्भ हुन गइरहेको छ ।
उक्त अवसरमा आर्थिक वर्ष २०७६ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । पाँचौ नगरसभाको तयारी र व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिका वडा कार्यालयहरु र नगरपालिका अन्तर्गतका विषयगत कार्यालयहरुमा मिति २०७६ साल असार ९ र १० गते सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।




















































































































































































































