विशालु च्याउ खादा मकवानपुरमा एक किशोरीको मृत्यु भएको छ । भने ३ जना परिवारका सदस्य बेहोस भएका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–७ दाराङमा तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो ।
च्याउ खादा उनको बुबा ४५ वर्षका दीपबहादुर, दाइ १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका प्रहरीले जनाएको छ । अहिले उनीहरुको उपचार भइरहेको छ ।



















































































































































































































