गलकोट नगरपालिका–७ मल्मका ६३ वर्षीय लोकबहादुर केसी दुई सातादेखि बेपत्ता छन् । उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जान हिँडेका उनी असार ३ गते दिउँसो ३ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि हराएको परिवारले जनाएको छ ।
मोबाइलमा फोन गर्दा ‘स्विच अफ’ बताउने गरेको बुहारी रीता खत्रीले जानकारी दिइन् । केसीको अहिले रूपन्देही प्रहरी र बुटवल तथा भैरहवामा बस्दै आइरहेका आफन्तले खोजी तीव्र पारेका छन् ।
‘हामीले बुटवल, भैरहवामा रहेका सबै गलकोटे दाजुभाइ दिदीबहिनी, आफन्तजनसँग निरन्तर सम्पर्क गरिरहेका छौं,’ बुटवल बस्दै आएकी समाजसेवी हरि साहानीले भनिन्, ‘तर फेला पार्न सकिएको छैन।’
केसीको खोजीका लागि रुपन्देही प्रहरीले नेपाल–भारत सीमामा रहेको सिसिटिभी फुटेज अवलोकन गरिरहेको जनाएको छ । दुई साता बित्दा पनि कुनै संकेत नभेट्दा आफन्त चिन्तित छन् । केसीको परिवारमा श्रीमती, छोरा, बुहारी, ३ छोरी र नातिनातिना छन्।




















































































































































































































