७ कार्तिक २०८३, शुक्रबार

 

जनता बैंक बागलुङमा

जनता बैंक लिमिटेडले बागलुङ सदरमुकाममा आफ्नो १४१ औं शाखा विस्तार गरेको छ ।

बागलुङ उद्योग वाणिज्य संघ अध्यक्ष युवराज राजभण्डारीले एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन गरे ।

जिल्लामा बैंकहरूको भीडमा जनताले जनताको सुविधाका लागि आफ्नो शाखा विस्तार गर्नु सकारात्मक कदम भएको राजभण्डारीले बताए ।
बागलुङका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

बागलुङमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायत वाणिज्य बैंकका २० र विकास बैंकका ७ गरी २७ वटा बैंकले शाखा विस्तार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung