रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी दुई लाख ४१ हजार लुटेर लगेको छ।
गैडहवा गाउँपालिकामा रहेको गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आउँदै गरेका तोले पासीमाथि गोली प्रहार गरी नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।
ताल सरसफाइ समितिको रकम लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर सु १ ह ३३७ नम्बरको टेम्पोमा आउँदै गरेका पासी गैडहवा माथि अज्ञात समूहले गोली चलाएका थिए ।
लुटेराहरूको गोली प्रहारबाट टेम्पोको टायरमा लागेको र कुनै मानवीय क्षति भने नभएको बताइएको छ।
पीडितले घटनाका बारेमा जानकारी दिएको र प्रहरी त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।



















































































































































































































