१४ कार्तिक २०८३, शुक्रबार

 

सुपादेउराली जिप दुर्घटनाका मृतकको सनाखद

कपिलवस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँची सदरमुकाम आउँदै गरेको जिप सुपादेउरालीमा दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सितापुर सुपादेउराली मन्दिर नजिकै बिहीबार करिब ११ बजे लु १ ज १३२९ नम्बरको जिप दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएको र १ जना सामान्य घाइते भएको जिल्ला प्रहरीका कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान–३ धारापानीका जिप चालक ५५ वर्षीय सुमन्त भूषाल र मालारानी गाउँपालिका–३ गुनाखर्क का ३७ वर्षीय रुद्रप्रसाद भूषाल रहेका छन् । एक जनाको सनाखत हुन सकेको छैन ।

घाइते हुनेमा २५ वर्षीय सन्तोष भूषाल, गोमा खड्का, संगिता थापा, ईश्वरी भूषाल एक जना परिचय नखुलेकी महिला छिन् ।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बुटवल लगिएको छ ।

सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा जिप पल्टिएर खोलामा पुगेको छ । जीप सड्कबाट ६०० मिटर तल खसेको छ । जिप पुर्ण रुपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung