८ कार्तिक २०८३, शनिबार

 

ग्लोबल आइएमई र जनता बैंक मर्ज

- नाम ‘ग्लोबल आइएमई बैंक’ नै रहने

ग्लोबल आइएमई र जनता बैंक  मर्जमा हुने भएका छन् । शुक्रबार राजधानीको सांग्रिला होटलमा भएको कार्यक्रममा दुई बैंक मर्जमा जाने प्रक्रियाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका हुन् ।

मर्जपछि बैंकको नाम ‘ग्लोबल आइएमई बैंक’ नै रहने भएको छ । मर्जपछि सञ्चालक समितिमा दुईजना जनता बैंकबाट आउने समझदारीपत्रमा उल्लेख छ ।

यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम कुँवर क्षेत्रीले निरन्तरता पाउँदैछन् भने डेपुटी सिइओमा ग्लोबल आइएमईका महेश ढकाल रहनेछन् ।

मर्ज समझदारीपश्चात दुवै बैंकले आइतबारदेखि सेयर कारोबार रोक्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung