आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । सुरुंगा नगरपालिका–१ चहकाका रिट्ठे भनिने ३० वर्षीय जंगलबहादुर पुलामी मगरले आमा धनमायालाई खुकुरीले हानेका हुन् ।
६० वर्षीया धनमायाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी भेडियाले जनाएको छ ।
मगरलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।













































































































































































































