८ जेष्ठ २०८१, मंगलवार

 

सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनलमा

एसीसी यू–१९ इस्टर्न रिजनअन्तर्गत समूहको चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई २ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउदै सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि ओपनर रित गौतमको शतक तथा कुशल मल्ल र खडकबहादुर बोहोराको अर्धशतक प्रहार गरेपछि नेपालले सिंगापुर सामु विशाल लक्ष्य दिन सफल भएको थियो ।

सिंगापुरका लागि प्रनव सुदर्शन राजेश कृष्णन र भिनित चितेश मेहताले समान २–२ विकेट हात लिन सफल भएका थिए ।

विशाल लक्ष्यका साथ मैदानमा उत्रेको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । सिंगापुरको लागि हरि कुकरेजाले सर्वा्धिक ३० रनको योगदान दिए ।

नेपाललाई फराकिलो जित दिलाउन कुशल मल्लले ४ विकेट लिए भने तिलक भण्डारीले २ ,राशिद खान र सागर ढकालले समान १ विकेट हात लिए।

यो जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले अब सेमिफाइनलमा समुह बि को उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्