
मोष्टवाण्टेड सूचीमा रहेका नसिम खान काठमाडौंबाट पक्राउ परेका छन् । विभिन्न हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका उनीलाई सिआइविको टोलीले पक्राउ गरेको हो ।
विगतमा विभिन्न शसस्त्र समूहमा रहेर अपराधमा सक्रिय खाँन तराईका शसस्त्र समूहसंग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए ।
तर उनी माथि विभिन्न जघन्य अपराधका मुद्दा दर्ता भएको र ती मुद्दाको सिलसिलामा प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि उनी ३ वर्ष अघि एक सार्वजनिक कार्यक्रममा फरार भएका थिए ।
यता उनकी श्रीमती फौजिया नसिम खाँन नेकपाबाट प्रदेश सभा ५ मा समानुपातिक सांसद बनेपछि उनी सरकारसँग विभिन्न पहल अघि बढाउदै शान्तिपूर्ण राजनीतिमा आउने निरन्तर प्रयास जारी राखेका थिए । तर सरकारले उनीसहित फरार रहेर प्रितम पाण्डे लगायतलाई तत्काल कुनै ग्रिन सिंग्नल दिएको थिएन ।
फलस्वरुप विभिन्न माध्यम लगाएर शान्ति प्रकिृयामा आउने पहलकै लागि राजनधानीमा पुगेका बखत होटलवाट नसिम पक्राउ परेका हुन् ।
माओवादी कार्यकर्ताहरु ,प्रेम परियार, अकाली धोवी, राजेन्द्र तिवारी, ज्ञानबहादुर सुनार , शिवपूजन कुर्मी लगायतको हत्या जनयुद्ध कालमा गरेको अभियोग उनी माथि छ ।
यसैगरी एक वर्ष अघि मायादेवी ४ का वडाध्यक्ष, फत्ते मोहमदका ७ वर्षिय छोरा आयान खानको हत्या गरेको समेत उनीमाथि अभियोग लागेको छ ।