१४ कार्तिक २०८३, शुक्रबार

 

युवती कुट्ने ‘धर्ती माता’ छुटिन्

युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ भनिने विष्णु कुँवर छुटेकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी छुटेकाे काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

प्रहरीले उनलाई असार १३ गते बिहान बालाजुबाट पक्राउ गरेको थियो। आफूलाई धर्ती माता बताउँदै उनले एक युवतीलाई सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिकै कुटपिट गरेकी थिइन्। उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung