१४ कार्तिक २०८३, शुक्रबार

 

बाढीमा आएको ग्यास सिलिण्डर समात्न हामफालेका चौधरी बेपत्ता

बल्खु खोलामा बगेर आएको ग्यासको सिलिण्डर समात्न खोज्दा एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो खोलाले बगाएर ल्याएको ग्यास सिलिण्डर समात्न खोलामा हाम फाल्दा बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विनोद चौधरी बेपत्ता भएका हुन् । उनको खोजी कार्य शुरु गरिएको बताइएको छ ।

वर्षाको कारण काठमाडौँको कलंकी क्षेत्र डुबानमा परेको छ । कलंकीको खसीबजार र आसपासका सयौं घरमा पानी पसेको छ ।

यस्तै ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । उनीहरु उद्दारका लागि प्रहरी परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung