बिहिबार देखिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ। नेपाल प्रहरीद्वारा शुक्रबार साँझ जारी सूचनाअनुसार हालसम्म बाढी पहिरोमा परी देशभर १७ जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना घाइते भएका छन् भने ७ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार ४ जनाको सकुशल उद्धार गरिएको छ।
पहिरोमा परी काठमाडौंमा र खोटाङमा ३/३ जनाको मृत्यु भएको छ । काभ्रेमा २, भोजपुरमा २ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ओखलढुङ्गा, रामेछाप, ललितपुर, पर्सा, धादिङ, मकवानपुर र सिन्धुलीमा एक–एक जनाको मृत्यु भएको हो ।
देशभर विभिन्न ठाउँमा ४ सय घरपरिवार विस्थापित भएका छन्।

स्रोत: नेपाल प्रहरी



















































































































































































































