१४ कार्तिक २०८३, शुक्रबार

 

अस्पतालबाट हराएको नवजात शिशु भेटियो, चोर पक्राउ

लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार हराएको नवजात शिशु भेटिएको छ । तानसेन नगरपालिका–९ डाँडाडुमकी २२ वर्षीया जमुना रानाको शिशु शुक्रबार अपराह्न ३ बजेतिर अस्पतालबाटै चोरी भएको थियो ।

कालीगण्डकी गाउँपालिका मिर्मी बजार क्षेत्रमा शनिबार पाल्पा र स्याङ्जा प्रहरीको टोलीले शिशुसहित एक महिलालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले शिशु चोर्ने महिला पक्राउ परेको जनाए ।

जमुना शुक्रबार प्रसूतिका लागि लुम्बिनी मेडिकल कलेज आएकी थिइन् । बिहान ११ः५६ मिनेटमा रानाको २ किलो ७ सय १० ग्रामको शिशु जन्मेको थियो । सुत्केरी छोरीको रेखदेखका लागि उनकी आमा अस्पतालमा बसेकी थिइन् ।

प्रहरीका अनुसार करिब अपराह्न २ बजे अपरिचित महिलाले जमुनाकी आमासँग शिशु खेलाउन मागेकी थिइन् । आमा जमुनाका लागि झोलिलो परिकार खोज्न खाजाघर निस्केका बेला महिला शिशु लिएर भागेकी थिइन् ।

अस्पतालमा सिसीटिभी नभए पनि होटलको सिसीटिभीको सहयोगमा शिशु बोकेर हिँडेकी महिलाको ‘फुटेज’ सङ्कलन गरिएको प्रहरीले जनाएको छ । फुटेजमा ती महिला पछाडि झोला, अगाडि शिशु बोकेर अस्पताल क्षेत्रबाट बाहिर निस्केको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung