४ जेष्ठ २०८१, शुक्रबार

 

बडीगाडलाई महिला भलिबल उपाधि

ताराखोलामा जारी असारे मेलामा आयोजित २५ हजार रुपैयाँ राशिको महिला भलिबल प्रतियोगिताको उपाधि बडीगाड गाउँपालिकाको जलजला टिमले जितेको छ ।

म्याग्दीको प्रगतिशील युवा क्लब उपविजेता भएको छ । प्रतियोगितामा सात टिम सहभागी थिए ।

नृत्य प्रतियोगितातर्फ सिलेको भदौरे मेला व्यवस्थापन समिति प्रथम र काठेखोला गाउँपालिकाको बिहानी युवा क्लब द्वितीय भएका छन् । जुल्फे नाट्य क्लब उत्कृष्ट घोषित भएको छ ।

८० हजार रुपैयाँ राशिको पुरुष भलिबलको फाइनल खेल केही दिनपछि हुने आयोजकले जनाएका छन् । २४ टिम सहभागी प्रतियोगितामा आदर्श युवा क्लब हरिचौर र आँधीबेहरी समूह गल्कोट फाइनल पुगेका छन् ।

असारे मेलामा चर्चित लोककलाकारहरूले सांगीतिक प्रस्तुति पस्कँदै छन् । सोमबारको प्रस्तुतिमा चर्चित कलाकार खगेन्द्र विश्वकर्मा, ईश्वर सिंह, भवी घर्तीलगायतको सहभागिता रहने असारे युवा क्लबका कोषाध्यक्ष रवन घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्