८ कार्तिक २०८३, शनिबार

 

वर्षान्तको चटारो– बैंक मंगलबार रातिसम्मै खोल्न निर्देशन

महालेखा नियन्त्रकको कार्यालयले आर्थिक वर्षको अन्तिम दिन मंगलबार राति अबेरसम्म बैंक काउन्टर खुला राख्न निर्देशन दिएको छ ।

राजस्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न भनिएको हो ।

आव २०७५र०७६ को अन्तिम दिन भएकाले असार मसान्तसम्म उक्त वर्षको सबै राजस्व चुक्ता गरिसक्नुपर्ने हुन्छ ।

महालेखा नियन्त्रकको कार्यालयले नेपाल राष्ट्र बैंकमार्फत निर्देशन जारी गर्दै खर्चका चेकहरू सम्भव भएसम्म मंगलबार नै साटिने व्यवस्था मिलाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung