४ जेष्ठ २०८१, शुक्रबार

 

राष्ट्रपति रनिङ सिल्ड त्रिभुवन नमुना माविलाई

बडिगाडस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि त्रिभुवन नमुना माध्यमिक विद्यालय, खर्वाङले हात पारेको छ ।

असार २२ र २३ गते भएको गाउँपालिकास्तरीय विविध प्रतियोगिता, त्यसको छनोटमा भएको जिल्लास्तरीय प्रतियोगिता र त्यसको पनि छनोटका आधारमा भएको प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता र उपलब्धिका आधारमा उत्कृष्ट विद्यालय छनोटमा परेको हो । भानु मावि ग्वालीचौर प्रथम, खार मावि द्वितीय र वनस्पति मावि तृतीय भएका छन् ।

मंगलबार ग्वालीचौरमा एक कार्यक्रमबीच सो पुरस्कार तथा सिल्ड वितरण गरियो । कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले खेल राष्ट्र र स्वास्थ्यका लागि भएको भन्दै गाउँपालिकाले प्रतिभा प्रस्फुटनको वातावरण बनाउने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदी, वडा नं ३ का अध्यक्ष खड्क पुनलगायतले धारणा राखेका थिए । पुरस्कार वितरण कार्यक्रम शिक्षा अधिकृत कृष्ण रेग्मीको अध्यक्षता तथा राजन पाइजाको सञ्चालनमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्