१४ कार्तिक २०८३, शुक्रबार

 

एकैदिन श्रीमती–श्रीमानको मृत्यु

इटहरी–१३ खनारमा श्रीमान–श्रीमतीको एकैदिन मृत्यु भएको छ ।

एकैदिन मृत्यु भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु अनौठो भएको मलामी आएकाहरुले बताएका छन् ।

इटहरी–१३ की ७८ वर्षीया नर्वदा भट्टराईको मङ्गलबार ८ बज्न १५ मिनेट बाँकी रहदा मृत्यु भएको थियो । घरपरिवारमा रुवाबासी दुःख मनाउ भइरहँदा नर्वदाको ८६ वर्षीय श्रीमान टिकाप्रसाद भट्टराईको पनि ह्यदयघातका कारण मृत्यु भएको आफन्तले बताएका छन् ।

दुवैजनाको शवलाई इटहरीमा परिक्रमा गराइ स्थानीय बुढीखोलामा एकै चितामा दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung