१४ कार्तिक २०८३, शुक्रबार

 

लालबाबुको पुत्ला दहन गर्ने युवामाथि प्रहरीको लाठी चार्ज

लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै प्रदेश २ को जनकपुरमा प्रदर्शन गरिएको छ । शुक्रबार साँझ सडकमै सुतेर सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला दहन गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनमा उत्रेका समाजवादी पार्टीका नेता नवीन यादव, राजपा विद्यार्थी नेता प्रशासन्त झा, किसन साहसहितका १६ जनालाई नियन्त्रणको बताइएको छ ।

जनकपुर धामको जनक चौकबाट शुरु भएको प्रदर्शनमा मन्त्रीको पुतला दहन गर्ने युवामाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung