१४ कार्तिक २०८३, शुक्रबार

 

लायन्स क्लबकाे प्रि-जाेन मिटिङ सम्पन्न

‘हामी सेवा गर्छौ’ भन्ने भावनाअनुसार स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबअन्तर्गत ३२५ बि १ नेपालका ८ वटा लायन्स क्लबहरूकाे प्रि जाेन मिटिङ बागलुङमा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ धाैलागिरि बागलुङ, लायन्स क्लब अफ बागलुङ कालीका, लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब गलकाेट सिटी, लायन्स क्लब अफ बागलुङ कालीगण्डकी, लायन्स क्लब अफ पन्चकाेट, लायन्स क्लब अफ पिस टाउनकाे संयुक्तरूपमा प्रि जाेन मिटिङ गरेर एक वर्ष भित्र क्लबले गर्ने काम गतिविधि छलफल गरिएको थियो।

लायन्स क्लब जाेन चेयपर्सन कविता बस्नेत र जाेन चेयर्पसन युक्त प्रसाद सुवेदीले लायन वर्ष २०१९/२०२० लाई सफल पार्न र क्लबले ल्याएको नीति नियमअनुसारको कार्यक्रमसहित समाजमा जानुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सिनियर एडभाइजर काजीमान गुरूङ, लायन्स क्लबका डेपुटी डिपार्टमेन्ट चिफ राजेशचन्द्र राजभण्डारी, रिजन चेयरपर्सन बसन्तकुमार श्रेष्ठ, पिआरो दुर्गा कुँवर पिआरो रत्नादेवी भण्डारी, लायन्स क्लब अफ धाैलागिरिका अध्यक्ष राजनकुमार शाक्य, लायन्स क्लब अफ बागलुङ कालीकाका अध्यक्ष गाेबिन्द सुवेदी, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष  दिपाकुमारी जिसि, लायन्स क्लब अफ बागलुङका अध्यक्ष विकास पाैडेल, लायन्स क्लब अफ बागलुङ गलकाेट सिटीका अध्यक्ष रामप्रसाद शर्मा, लायन्स क्लब अफ पन्चकाेटका अध्यक्ष गणेश लम्साल, लायन्स क्लब पिस टाउनका अध्यक्ष मिना जिसी कँडेल, लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष दलबहादुर थापा लगायतका वक्ताहरूले धारणा राखेका थिए ।

प्रि जाेन मिटिङकाे अध्यक्षता जाेन चयर्पसन युक्त प्रसाद सुवेदी र कार्यक्रम संचालन जाेन चेयर्पसन कविता बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung