मानवताको कुनै सीमा हुँदैन । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित बागलुङको मानव सेवा आश्रमलाई सहयोग प्रदान गर्ने क्रम जारी छ ।
बागलुङ नगरपालिका–३ निवासी विकासकुमार शाक्यकी स्वर्गीय श्रीमती इन्द्रमाया शाक्यको वार्षिक पुण्यतिथिमा मानव सेवा आश्रममा कार्यक्रम आयोजना गरी आश्रम सञ्चालिका सुमीरा लामालाई नगद ५ हजार १ सय रुपैयाँ सहयोग गरिएको हो ।
मानवीय सेवाको क्षेत्रमा आश्रमले गर्दै आएको काम प्रशंसायोग्य रहेकाले आफूले आफ्नी स्वर्गीय भाउजूको सम्झनामा थोरै भए पनि आर्थिक सहयोग गरेको लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष राजनकुमार शाक्यले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, आश्रम सञ्चालिका लामा, लायन्स क्लब अफ धौलागिरिका निवर्तमान अध्यक्ष वसन्तकुमार श्रेष्ठलगायतले आश्रमलाई गण्डकी प्रदेशकै नमुना बनाउन सबैले पहल गर्न जरुरी रहेको धारणा राखे ।
लायन्स क्लब अफ धौलागिरिका अध्यक्ष शाक्यको अध्यक्षता रहेको कार्यक्रम क्लबका सचिव गणेश महतोले सञ्चालन गरेका थिए ।




















































































































































































































