७ कार्तिक २०८३, शुक्रबार

 

प्रभु बैंकको चापागाउँमा शाखा विस्तार

प्रभु बैंकले ललितपुरको चापागाउँमा शाखा विस्तार गरेको छ। बैंकले साउन ५ गतेदेखि ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं १० स्थित चापागाउँमा आफ्नो १८८ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

उक्त शाखा कार्यालयको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए।

बैंकले चापागाउँ शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाबाट सो स्थानका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung