फाइल तस्बिर
गलकोट नगरपालिका–८ ज्यामिरेमा मंगलबार बिहान पहिरोले गोठ पुर्दा एक किशोरीको मृत्यु भएको छ ।
स्थानीय पीताम्बर गौतमको गोठ पुरिँदा भैँसी दुहुँदै गरेकी उनकी छोरी १७ वर्षीया सीताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
पहिरोमा एउटा भैँसी, एउटा पाडो र एउटा बाख्रोसमेत पुरिएका छन् । गौतमको घरसमेत पहिरोले जोखिममा परेको स्थानीयले बताएका छन् ।



















































































































































































































