बुधवार बिहान बैतडीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको गरेको ग १ ज ५२२४ नम्बरको रातो प्लेटको बोलेरो जिप बुधवार बिहान ४ बजे बैतडीको नगरपालिका ८ स्थित आरुबाट भीरमा खसेको हो ।
दुर्घटनामा ईश्वर नागारीको मृत्यु भएको छ भने हिक्मत साउद र पुष्कर नागारि घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको उद्धार गरी प्रहरीले डडेल्धुरा अस्पताल पुर्याएको छ । जिपमा सवार तिनै जना दार्चुलाको महाकाली नगरपालिका-९ दत्तूका रहेको प्रहरीले जानकारी गराएको छ । जिप आरुबाटा भिरमा करिब पाँचसय मिटर तल खसेको छ ।



















































































































































































































