८ जेष्ठ २०८१, मंगलवार

 

झन्डै लुटिए ओजिल र कोलासिनाच (भिडियो)

इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर मेसुट ओजिल र डिफेन्डर सिड कोलासिनाचलाई बिहीबार लुटेराको एक समूहले लुटपाट प्रयास गरेको छ ।

उक्त घटनाको भिडियोमा कोलासिनाच गाडीबाट निस्केर मास्क लगाएका आक्रमणकारीको सामना गरिरहेका देखिन्छन् ।

फुटेजमा दुई आक्रमणकारीले २६ वर्षीय कोलासिनाचलाई चक्कु उज्याएका छन् । लुटेराहरूले कार लुट्ने उद्देश्यले आक्रमण गरेको हुन सक्ने बताइएको छ ।

प्रत्यक्षदर्शी अजुक अलिन्ताले डेली मेललाई बताएअनुसार घटनालगत्तै ओजिलले नजिकैको टर्किस रेस्टुराँबाहिर प्रहरीलाई जानकारी गराएका थिए । ‘ओजिल निकै डराएका देखिन्थे । उनी आफ्नो ज्यान जोगाउन दौडिरहेजस्ता लाग्थे,’ उनले भनेका छन् ।

आर्सनल क्लबका प्रवक्ताले भने आफूहरू दुवै खेलाडीसँग नियमित सम्पर्कमा रहेको र उनीहरू ठिक अवस्थामा रहेको बताएका छन् । मेट्रोपोलिटन प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

भिडियो स्रोत: द गार्जियन

प्रतिक्रिया दिनुहोस्