४ श्रावण २०८३, सोमबार

 

वडा कार्यालयमा बम विस्फोट, विप्लव समूह संलग्न रहेको अनुमान

सांकेतिक तस्बिर

नुवाकोटमा अज्ञात समूहले बम विस्फोट गराएका छन्। गएराति जिल्लाको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् । वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी) का अनुसार बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको छ।

उनका अनुसार रातको ११ः४५ बजेको समयमा आएका पाँच छ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा राखेर आगजनीसहित बम विष्फोट गराएको पाइएको छ ।

बम विष्फोटले उक्त भवनको ढलानसमेत फुट्न पुगेको प्रहरी चौकी ओखरपौवाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ । उक्त समूहले बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्दपी विस्फोटको जिम्मा भने कसैले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung