१ जेष्ठ २०८२, बिहीबार

 

दुर्घटनामा दुईको मृत्यु

भक्तपुरमा बुधबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् ।

चाँगुनारायण नगरपालिका–८ चरेलीमा कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा चाँगुनारायण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा बोलेरो चालक प्रदीप राउत घाइते भएका छन् । चाँगुनारायण–७ बागेश्वरी बस्दै आएका २० वर्षीय राउत दोलखा, मेलुङ गाउँपालिका–१ का हुन् ।

त्यसै गरी मध्यपुर थिमि नगरपालिका–३ गट्ठाघरमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना६त ८६८ नम्बरको ट्याक्टरसहितको मिक्चर र सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नम्बरको मोटरसाइकल ठोक्किँदा रामेछाप, सुनापाती गाउँपालिका–३ का रोमन तामाङको मृत्यु भएको छ । उनी मोटरसाइकलमा पछाडिपट्टि सवार थिए ।

घटनामा मोटरसाइकल चालक सोही स्थानका धनबहादुर थिङ घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung