साउन ८ गते उत्तरगंगा नदीले बगाएका एक व्यक्तिको शव शुक्रबार बिहान फेला परेको छ ।
ढोरपाटन नगरपालिका–९ बस्ने सेते विकलाई स्यालपाखेबाट नवीगाउँ जान उत्तरगंगा तर्ने क्रममा बगाएको थियो ।
उनीसँगै नदीले बगाएका सोही स्थानका नरबहादुर विकको भने सोही दिन शव भेटिएको थियो ।
बेपत्ता सेतेको प्रहरी, स्थानीय तथा शत्रुमर्दन गुल्म ढोरपाटनको सैन्य टोलीले खोजी गरिरहेको थियो । शुक्रबार बिहानै बगेको स्थानबाट झन्डै तीन किलोमिटर तल शव फेला परेको प्रहरीले जनाएको छ ।



















































































































































































































