४ जेष्ठ २०८१, शुक्रबार

 

प्रिमियर लिगको नयाँ सिजन शुरु हुदैं

इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिबाट सुरु हुदैछ । उद्घाटन खेलमा गत वर्षको उपविजेता लिभरपुलले घरेलु मैदानमा नर्विच सिटीको सामना गर्दै छ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नर्विच सिटी र लिग उपाधी दावेदार लिभरपुल सुखद शुरुवातको प्रयासमा हुनेछन्।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधिमा चुनौती थप्न आफु तयार रहेको बताएका छन् ।

उनले भने, ‘एकदमै महत्वपूर्ण कुरा यो हो की हामीले गत सिजन चैंपियंस लिग जित्यौ, हामी त्यहीँ टीम बनिरहनुपर्छ, जसको विरुद्धमा कोही खेल्ने चाहना नराखुन ।’

लिभरपुलका फरवार्ड साडियो माने प्रि सिजनमा उपलब्ध नभएपनि नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रनेछन् । जेम्स मिल्नरले चोटका कारण कम्युनिटी शिल्डको खेल गुमाएपनि अब मैदान फर्कन मिल्ने अवस्थामा छन् ।

नर्विच भने खेलाडीको चोटले ग्रस्त छ । उसका डिफेन्डर टिम क्लोस र क्रिस्टोफ जिमरमन तथा मिडफिल्डर एलेक्स टेटी र लुइस थाम्पसनले सिजनको पहिलो खेल खेल्न सक्ने चैनन्।

प्रतिक्रिया दिनुहोस्