१४ कार्तिक २०८३, शुक्रबार

 

मानवीय काम गर्दासमेत आलोचना

कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले मानवीय काम गर्दासमेत आलोचना खेप्नु परेको धारणा राखेका छन् ।

धाैलागिरि संचार क्लब बागलुङले आयाेजना गरेको समसामयिक साक्षात्कार कार्यक्रममा गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले मन्दिर परिसरमा माग्न बसेका व्यक्तिहरूलाई प्रहरी प्रशासन र गुठी व्यवस्थापन समिति एवं मानव सेवा आश्रमकाे सहमतिमा हटाउने काम गरेको बताए ।

अहिले बजारमा हल्ला भए जस्तो गरेर मन्दिर परिसरमा रहेका जाेगी सन्यासीलाई नहटाएकाे भइ तिनको उचित व्यवस्थापन गर्न खाेजेकाे अध्यक्ष खड्काले साक्षात्कार कार्यक्रम बताए ।

‘अहिले सरकारले समेत सार्वजनिक ठाउँमा भिख माग्ने नपाउने कानुनसमेत ल्याएको छ। साच्चै जाेगी भए कालीका भगवती गुठी व्यवस्थापन समितिले खाना बस्नकाे लागि सहयोग गर्न तयार छ।,’ खड्काले भने ।

धाैलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीकाे अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा स्वागत मन्तव्य क्लबकी काेषाध्यक्ष काेपीला कँडेल र संचालन क्लबका सचिव प्रदीप पन्तले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung