पर्वतमा करेन्ट लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार शुक्रबार बिहान १० बजेको समयमा विद्युत पोल गाड्नेक्रममा करेन्ट प्रवाह हुँदा महाशिला गाउँपालिका– ४ पाखापानीका २७ वर्षिय केशबहादुर क्षेत्री र ३० वर्षिय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको हो।
घटना परी स्थानीय भरत क्षेत्री घाइते भएका छन् । महाशिला गाउँपालिका-४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्नेक्रममा उनीहरुलाई करेन्ट लागेको हो ।
घटनास्थलमा लुंखु प्रहरी चौकीबाट प्रहरीको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।



















































































































































































































