
पत्रकार रवि लामिछाने आफ्ना पूर्व सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी न्यायिक हिरासतमा छन् । उनीसँग उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्की पनि प्रहरी हिरासतमा छन् । त्यही विषयलाई लिएर लामिछानेका समर्थकहरुले सामाजिक संजालदेखि सडकसम्म प्रर्दशन गरिरहेका छन् ।
उनको गिरफ्तारीलाई लिएर सामाजिक संजालमा कसले के भनेका छन् भन्ने बारेमा हाम्रो ध्यान आकृष्ट भएको छ। प्रस्तुत छ समाजिक संजाल फेसवुकमा प्रकट भएका प्रतिक्रिया ।
दक्षिण कोरियाका पूर्व राजदूत एवं वाम विश्लेषक कमल कोइराला लेख्छन्, ‘रवि लामिछाने, लोकप्रिय टीभी कार्यक्रम प्रस्तोतालाई प्रहरीले कार्यक्रम प्रस्तुत गर्नुअघि एउटा आत्महत्याको बाहानाबनाई पक्राउ गरेको वर्तमान सरकारको निकृष्ट कार्यको विरोध र भत्सर्ना गर्दुछ ।’
त्यस्तै मिडिया विश्लेषक भानुभक्त आचार्य फेसवुकमा लेख्छन्, ‘नेपाली पत्रकारितामा ग्याङ फाइट चल्दैछ । कहिले एउटा ग्याङको पालो, कहिले अर्काको । सबैको दिन आओस् ।’
सविन शर्मा लेख्छन्, ‘कुनै घटनामा संलग्न भएको आरोप लागेपछि म आफैँ पर्दाफास गर्छु भन्ने आरोपितलाई के भन्नुहुन्छ? आरोप लगाउने र लाग्ने दुवै पत्रकार भएकाले पत्रकार महासंघले यसबारे स्पष्ट धारणा सार्वजनिक गरोस् । शालिक मृत्यु प्रकरण ।’
त्यसैगरी क्षयन्द्र भण्डारी लेख्छन्, ‘पत्रकार सालिक राम पुडासैनी चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । उनी माउन्टेन टीभीमा कार्यरत थिए । हिजोमात्रै होटलमा चर्काचर्की भाको खबर प्राप्त भाको छ । सत्य तत्थ्यका लागि छानबिन होस् । उनको आत्माले शान्ती पाओस् । हार्दिक श्रद्धान्जली’
दिनेश सापकोटा लेख्छन्, ‘सतीले सरापेको होइन, रोग लागेको हो । उपचार गर्नु पर्छ । ‘सती’ रोगको एक प्रारम्भिक लक्षण थियो भने ‘रवि’हरु पछिल्लो संक्रमणका विरुद्ध निरोधक प्रयासहरु हुन् ।’
कपिलवस्तुका व्यवसायी टोप नारायण बेलबासे लेख्छन्, ‘पत्रकार हुँदैंमा अनुसन्धान गर्न पनि नपाईने हो र?’
पत्रकार उद्धवराज भेटवाल लेख्छन्, ‘सिधाकुरा भन्ने कार्यक्रमका एकजनाले आमाको कसम खाएर अभियुक्त अस्मिता भनिने महिलालाई नचिनेको बताउने, तर अर्का सदस्यले भने शालिकरामसँग ती महिलाले गरेको च्याटको फोटो हाल्ने? के लफडा हो? कि टिमभित्रै विभाजन छ?’
दिपेन्द्र गजुरेल लेख्छन्, ‘सत्य अवश्य बाहिर आउनेछ शालिकरामले न्याय पाउनैपर्छ ।’
कोमल भट्ट लेख्छन्,‘कोही रवि पक्रिएकोमा खुशी छन् त कोही दु:खी। खुशी र दु:ख जीवनकै अंश हुन।’
पत्रकार मेगराज खड्का लेख्छन्, ‘यसपटकको साउन रवि र छविका लागि साच्चै कालो नै भयो । शत्रुहरु लागेर श्रीमतीसँग पनि बस्न नदिएर टाढा बनाए ।’
कान्तिपुरका पत्रकार सुशिल पौडेल लेख्छन्, ‘ रक्षा बन्धन कै दिन नपक्रेको भएनी हुने ।’
कान्तिपुरका पत्रकार दीपेन्द्र बडुवाल लेख्छन्, ‘चितवन जिल्ला अदालतले रवि लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिनको म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिनको म्याद थप गरेका हुन् ।’
रविलाई हिरासतमा राख्न ५ दिन म्याद दिएपछि पत्रकार जी भट्ट लेख्छन्, ‘कति दिनमा सकिएला अनुसन्धान?’
विकास शर्मा लेख्छन ‘हरेक कुराका दुइपाटा वा बढी हुन्छन्, अन्धभक्त वा अन्धविरोधी भएर मात्र नहेरौँ, मर्ने मरे, बाच्ने पनि मर्न पर्ने नहोस्, रवि दोशी भए हदैसम्मको कारवाही होस्, जनताको भावना खेलेका छन्, तर प्रमाणित नभइन्जेलसम्म दोशी भन्न पाइदैंन की?’