१४ कार्तिक २०८३, शुक्रबार

 

विद्यालयबाट फर्किँदै गरेकी ८ वर्षीया बालिकालाई भेलले बगायो

अविरल वर्षासँगै आएको भेलले बगाउँदा बागलुङको बडिगाड गाउँपालिका–७ थाम्काकी एक बालिकाको मृत्यु भएको छ ।

आइतबार साँझ विद्यालयबाट फकिँदै गरेकी बुद्धिबहादुर परियारको ८ वर्षीया छाेरी शर्मिला परियारको भेलले बगाउँदा मृत्यु भएको हो ।

डाँफेपातल आधारभूत विधालयबाट अध्ययन गरी फर्कने क्रममा भेलले बगाएको स्थानीयले बताएका छन् ।

भेलले बगाएर करिब ८ सय मिटर टाढा पुर्याएको अवस्थामा उनको शव भेटिएको थियो । उनी डाँफेपातल आधारभूत विधालय कक्षा २ मा अध्ययनरत छात्रा हुन्।

वर्षाले बडिगाडको अन्य स्थनमा पनि भाैतिक क्षति पुर्याएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung