१४ कार्तिक २०८३, शुक्रबार

 

डाइभर्सन बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वी नवलपरासीमा आइतबार बाढीले अरुण खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । यात्रु बिचल्ली परेका छन् ।

खोलाको स्थायी बेलिब्रिज एक साताअघि ट्रक ठोक्किएर क्षतिग्रस्त भएको थियो । तत्काललाई आवतजावत सुचारु गर्न सडक विभागले डाइभर्सन बनाएको थियो ।

ह्युमपाइप हालेर बनाइएको डाइभर्सन पानी बहावले भत्काइदिएको हो । सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट काठमाडौं र पूर्व तथा पूर्वबाट पश्चिमका लागि छुटेका लामो दुरीका गाडी आइतबार दिउँसो ४ बजेदेखि नै राजमार्गमा रोकिएका छन् ।

सोमबार मध्याह्नसम्म पनि खोलामा पानीको सतह नघटेकाले आवतजावत कहिले सुचारु हुन्छ भन्ने यकिन नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung