१४ कार्तिक २०८३, शुक्रबार

 

रविको समर्थनमा बागलुङमा र्‍याली

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाइको माग गर्दै बागलुङमा दबाब मुलक ¥याली निकालिएको छ ।

पक्राउ परेका लामिछानेसहित तीन जनामाथि निष्पक्ष छानबिन र रिहाइको माग गर्दै युथ अफ बागलुङले सोमबार ¥याली निकालेको हो ।

सोमबार बागलुङको लोकतान्त्रिक चोकबाट र्याली शुरु गरि धौलागिरी, जिपपार्क, लालीगुराँसचोक, गोदामचोक, जिल्ला प्रशासन हुँदै हलनचोकबाट पुनः लोकतान्त्रिक चोकमा आएर ¥याली समापन भएको थियो ।

चितवनको होटलमा मृत फेला परेका पत्रकार पुडासैनीले मृत्युपूर्व रेकर्ड गरेको भिडियोको आधारमा न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्युज २४ कै टीभी जर्नालिष्ट एवम् नेपाल पत्रकार महासंघ बागलुङ शाखाका साधारण सदस्य युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले साउन ३० गते पक्राउ गरेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung